काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।
संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमालेले आज दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।