March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

पन्त, सिंह र धानुक एआइजीमा बढुवाका लागि सिफारिश

1.4K

काठमाडौं : गृह मन्त्रालयको बढुवा समितिको आज (मंगलबार) बसेको बैठकले नेपाल प्रहरीका तीनजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिश गरेको छ। 

बढुवा समितिको बैठकले डिआइजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिश गरेको समितिका सदस्य सचिवसमेत रहेका प्रहरी महानिरीक्षक (आइजी) शैलेश थापा क्षेत्रीले हस्ताक्षर गरेको सिफारिशमा उल्लेख छ। पन्त, सिंह र धानुकलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिश गरिएको छ।

Advertisement