March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

आगामी चुनावमा गठबन्धनमा वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुन्छ: गगन थापा

२०७८ फाल्गुन २९

3K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने बताए ।

महामन्त्री थापाले भने, ‘काँग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो, यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’

त्यस्तै, थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, ‘त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’

Advertisement

उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको छ।

कबलष्mबलअष्त
महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे।

अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले बताए।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो।