March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो: प्रधानमन्त्री देउवा

२०७८ फाल्गुन २९

4.1K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । आइतबार नेपाल नगरपालिका संघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको बताएका छन् ।

कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ, नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’

त्यस्तै, संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको प्रधानमन्त्री देउवाले जनाए । उनले जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए ।

Advertisement