May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

एकीकृत समाजवादी पार्टी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

२०७८ फाल्गुन २९

535

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्ने क्रममा उनले एक्लै चुनाव लड्ने बताएका हुन् ।

मन्त्री आलेले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए ।

Advertisement

गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको पनि बताए ।