March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

म जति समय पदमा रहन्छु, देश र नागरिकका हितका लागि काम गर्छु: मन्त्री आले

२०७८ फाल्गुन २७

1K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गर्ने बताएका छन् । आज काठमाडमौंमा आयोजित नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको छैठौँ राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री आललेले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने बताएका हुन् ।

“म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।”, मन्त्री आलेले भने ।

त्यस्तै बोल्ने क्रममा मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेको हुँदा यस समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए ।

Advertisement

मन्त्री आललेले समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको र दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सँधै सकारात्मक रही काम गर्ने पनि पनि बताए ।

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो ।

उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो ।