March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

ताप्लेजुङ फुङलिङको आगलागिमा एकको मृत्यु एक घाइते

२०७८ फाल्गुन २७

1.3K

फुङलिङ । ताप्लेजुङको फुङलिङमा रहेको कोप्चे बजारमा लागेको आगलागीमा परि एक जनाको ज्यान मुत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आगलागीबाट घाइते भएकी मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको हो । घाइते १६ वर्षीया रविना लिम्बुको भने उपचार भइरहेको छ ।

आगलागीबाट सङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानको घरमा आंशिक क्षति पुगेको छ ।

Advertisement

बजारमा बिहान ८ बजेदेखि सुरु भएको आगलागी स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो ।