February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

संखुवासभा बस दुर्घटना अपडेट : मृतक १० जनाको पहिचान खुल्यो

२०७८ फाल्गुन २६

3.6K

मादी । संखुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेहरुका सनाखत भएको छ । आज बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा भएको दुर्घटना परि मृत्यु भएका १४ जनाको सनाखत भएको हो ।

मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिका ६ बस्ने बर्ष नखुलेकी अञ्जना कटवाल, ४५ वर्षीय दिपक दाहाल, ३८ वर्षीय ईन्द्र बहादुर अधिकारी, नगरपालिका ४ बस्ने बर्ष ३०/३५ को उमेश भट्टराई (सहचालक), ३८ वर्षीइ आईत बहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की, नगरपालिका ५ बस्ने बर्ष ५०/५२ को श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, नगरपालिका ६ बस्ने तुलसा कटवालकी छोरी बर्ष ५ कि दिक्षा कटवाल र तेह्रथुम जिल्ला छथर गाउपालिकाका बस्ने बर्ष ३०/३५ को बिपिन निरौला (चालक/सवारी धनी ), नाम थर ठेगाना नखुलेको १ पुरुष, २ महिला, १ बालक गरी ४ जनाको मृत्यु भएको हो ।

त्यस्तै, संखुवासभा मादी ५ बस्ने बर्ष ३० को सुभाष गोले (टिकट बुकिङ गर्ने) , मादी ६ बस्ने बर्ष २२ कि तुलसा कटुवाल, उमेर नखुलेकी अम्बिका बि.क. ५० वर्षीय डम्बर बहादुर कार्की र मादी ५ का ३० वर्षीय कि युका पोखरेल रहेका छन् ।

Advertisement

घाइतेहरुको अवस्था गम्भीर रहेको र पाँचै जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको छ ।