March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

गठबन्धनकै कारण प्रधानमन्त्री बनेको हुँ, त्यो सहयोगलाई विर्सनु हुँदैन: प्रधानमन्त्री देउवा

२०७८ फाल्गुन २६

3.5K

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि पर्सा पुगेका छन्।

फागुन २० गते भएको जिल्ला अधिवेशनबाट सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका थिए । त्यस्तै, उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए ।

काँग्रेस सभापति देउवाले आज एक कार्यक्रमबीच पर्सा नै पुगेर उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

Advertisement

उक्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यसपटक आफू प्रधानमन्त्री हुनै नखोजेको तर समय र गठबन्धनले साथ दिएपछि आफू प्रधानमन्त्री बनेको उल्लेख गरे । गठबन्धनको उक्त सहयोगलाई विर्सन नहुने बताउदै स्थानीय निर्वाचनका लागि पनि छलफल गरिने निप्रधानमन्त्री देउवाको भनाई थियो ।