May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

चाबहिलको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी

२०७८ फाल्गुन २४

400

काठमाडौं । काठमाडौं महानगरपालिका-६ चाबहिलस्थित सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ। गोपीकृष्ण हलको पछाडि सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो।

टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्‍याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

चार वटा दमकलले अहिले आगलागी नियन्त्रणमा लिइरहेको परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

Advertisement

आगलागी के कारणले भयो भन्ने खुलिसकेको छैन भने क्षतिको विवरण पनि आइनसकेको मैनालीले बताए।

आगो निभाउनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, बौद्ध तथा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ।