काठमाडौं । नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिमा रामचन्द्र यादव विजयी भएका छन् । प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव पुनः जिल्ला सभापति निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् भन्ने १६० मत बदर भएको छ ।
चुनावमा यादव पक्षले धाँधली गरेकोले यादवको विजय भएको चौधरी पक्षका नेताहरुले आरोप लगाएका छन् । तर सभापति यादवले आरोपमा सत्यता नरहेको बताए ।