March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्न नेताहरुलाई देउवाको निर्देशन

२०७८ फाल्गुन २४

2K

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचनको माहोल बनाउन कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ । कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन ।

‘निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,’ उनले निर्देशन दिँदै उनले भने ‘तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।’

Advertisement