February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

देउवाले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिलाई पार्टी कार्यालय बोलाए

२०७८ फाल्गुन २४

2.6K

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खटाउन लागेको केन्द्रीय प्रतिनिधिलाई सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय बोलाएका छन् ।

केन्द्रीय प्रतिनिधिका रुपमा ७७ वटै जिल्लाका लागि खटिने प्रतिनिधिलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टी कार्यालय बोलाएका हुन् । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा कार्यक्रम राखिएको छ ।

कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन गर्दै छ ।

Advertisement

‘स्थानीय तहको चुनावलाई लक्षित गरेर हामी ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सञ्चालन गर्दैछौँ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘त्यसका लागि ७७ जिल्लामा ७७ जना प्रतिनिधिहरु खटाउने तयारी छ। उहाँहरुलाई सभापतिज्यूले निर्देशन दिन बोलाउनुभएको छ।’