काठमाडौं : भक्तपुरमा एक महिलामाथि कुटपिटसहित नाम नखुलेको हानिकारक रसायन प्रहार भएको भएको छ। सूर्यविनायक–४ गाम्छाकी ६० वर्षीया पूजा गुभाजुलाई आइतबार साँझ उनका पतिले हानिकारक रसायन छ्यापेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
‘उक्त रसायन तेजाब हो कि अन्य केमिकल हो अनुसन्धान गरिरहेका छौँ,’ परिसरका प्रवक्ता राजु पाण्डेले भने। सिकिस्त गुभाजुलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी पाण्डेले दिए। घटनामा संलग्न पतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धान गरिरहेको छ।