March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

हमाल मृत्युको छानबिन गर्न प्रशासनद्वारा समिति गठन

२०७८ फाल्गुन २१

1.8K

वीरेन्द्रनगर — जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ ।

शनिबार बिहान १०:१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३:५० बजे नेपालगन्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नंको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेस गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘गठित समितिले घटना कसरी घट्यो र के भएको हो ? भन्ने विषयमा निष्पक्षरूपमा छानबिन गरी प्रतिवेदन पेश गर्नेछ’, उनले भने, ‘यही विषयलाई लिएर शान्ति सुरक्षामा खलल पुग्ने खालका विभिन्न विरोधका कार्यक्रम नगरी छानबिन प्रक्रियामा सहयोग पुर्‍याउन सबैमा अपिल गरिएको छ ।’

Advertisement