May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

वर्तमान गठबन्धन बाध्यात्मक परिस्थितिमा बनेकोले सँधै निरन्तरता पाउदैन: डा.शेखर कोइराला

२०७८ फाल्गुन २१

305

इटहरी । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय, प्रदेश र संसदको निर्वाचन नेपाली काँग्रेस एक्लैले लड्ने बताएका छन् । कोइरालाले वर्तमान गठबन्धन बाध्यात्मक परिस्थितिमा बनेकोले गठबन्धनले सँधै निरन्तरता नपाउने बताएका हुन् ।

नेपाली काँग्रेस विराटनगर महानगर समितिले विराटनगरमा आयोजना गरेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली काँग्रेस र कम्युनिष्टको विचारमा धेरै भिन्नता रहेकाले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मात्र हुने बताए ।

त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धनका केही दलहरुले नेपाली काँग्रेसको सहकार्य चाहेपनि आगामी निर्वाचनमा सहकार्य नहुने स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भएकाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले नेपाली काँग्रेसले आगामी निर्वाचनमा महुमत ल्याएर सरकार बनाउने बताए ।

Advertisement

सो कार्यक्रमलाई नेपाली काँग्रेसका नेताहरु डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायतले सम्बोधन गरेका थिए ।