March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मागेर देश चल्छ ? भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन्: गगन थापा

२०७८ फाल्गुन २०

1.8K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदो रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि अरू देशबाट मागेर नेपाल चलाउने भन्दै आलोचना भएको थियो ।

आज कास्कीमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्र थापाले मागेर देश चल्छ भन्नेका छोराछोरी अस्ति नै अमेरिका गइसकेका छन् । थापाले माले, मण्डले र मसालेहरू एकै प्रवृत्तिको भएको आरोप लगाउँदै उनीहरूले उत्तेजनाको राजनीति गरिरहेको पनि बताएका थिए ।

थापाले भने, ‘मुठ्ठी कस्दै एउटा मण्डले आएर गफ दिन्छ– मागेर देश चल्छ ? मागेर अस्पताल बनाउने ? गिरिजाबाबुले माले, मण्डले र मसाले एकै हुन् त्यसै भनेको होइन । उनीहरू उत्तेजनाको राजनीति गर्छन् ।’

Advertisement

त्यस्तै, काँग्रेसका नेताहरूको खुबी कसैलाई कुनै विषयमा उचाल्ने भन्दा पनि सबैलाई मिलाएर लैजाने भएको थापाको भनाइ थियो । कुनै पार्टीसँग तालमेल भए पनि अरूभन्दा काँग्रेस फरक भएको उनको जिकीर थियो ।

‘कहिले माओवादी त कहिले एमालेसँग तालमेल होला तर हामी अरू पार्टीभन्दा फरक हौं भन्ने कुरा जनतालाई भन्नुपर्दछ,’ उनले भने, ‘हामीले पार्टीका पक्षमा मत बढाएनौं भने कहिले कसैसँग त कहिले कसैसँग मिल्नुपर्छ । नौजवानका बीचमा गएर काँग्रेसले पार्टीका पक्षमा भोट बढाउनुपर्छ ।’

जनताले पनि चेतनाको राजनीति गर्नेलाई चुनावमा छान्नुपर्ने थापाले बताए । ‘चेतनाको राजनीति गर्नेलाई छान्ने कि उत्तेजनाको राजनीति गर्नेलाई ? जनताले चुनावमा टुंगो लगाउनुपर्छ,’ थापाले भने ।