May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

२०७८ फाल्गुन १९

475

काठमाठौं । गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी हमालले बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमकाबीच स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजयी भए कुनै पनि सेवा सुविधा नलग्ने घोषणा पनि गरेका छन् । सवारीसाधन आफ्नै चलाउने र इन्धन खर्चसमेत नलग्ने बताएका उनले मेयरका लागि दिइने अन्य सुविधा पनि नलग्ने बताएका छन् ।

त्यस्तै, उनले धनगढीलाई नमुना मोडल बनाउने पनि बताए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए ।

Advertisement

हमाल २०७४ मा सम्पन्न स्थानीयको निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर उनी नेपाली काँग्रेसका उम्मेदवार नृप वडसँग २८ सय मतले पराजित भएका थिए । मेयरमा विजयी भएका नृपबहादुर वडले १४ हजार ३४२ मत ल्याउँदा हमालले ११ हजार ५२७ मत ल्याएकमा थिए ।

चुनाव हारेपछि हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका थिए । विवेकशीलको सुदूरपश्चिम प्रदेश संयोजक बनेका हमालले तीन दिनअघि सो पार्टीबाट राजीनामा दिएका छन् ।