April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

सत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन: झलनाथ खनाल

२०७८ फाल्गुन १८

3.1K

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले गठबन्धन नटुट्ने बताएका छन् । बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताएक हुन् ।

त्यस्तै, लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि साथै समाजवादी क्रान्ति र रूपान्तरणका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने नेता खनालको भनाइ थियो । उनले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको समेत दाबी गरे । मनमोहन अधिकारी प्रधानमंत्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरू गरेको पनि नेता खनालले बताए ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले शुरू गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना जेष्ठ नागरिकहरूलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।

Advertisement