May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

बन्दकर्ता आगजनीमा उत्रिएपछि वीरेन्द्रनगरमा कर्फ्यू

२०७८ फाल्गुन १६

255

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको हो ।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ दलले गरेको विरोधी प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

सोमबार साँझ ६ दलका कार्यकर्ताले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन् ।

Advertisement

प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए ।