August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

एमसीसीलाई संसदमा पेस गर्नु देश र जनताप्रति धोका हो: भीम रावल

२०७८ फाल्गुन १५

1.6K

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्बाट पास गर्न नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधीनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने रावलले बताएका हुन् ।

‘एमसीसीलाई संसदमा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन्, उनीहरू राष्ट्रिय गद्दार हुनेछन् ।’, नेता रावलले भने ।

त्यस्तै उनले राष्ट्रघाती एमसीसी सम्झौतालाई संसदबाट अस्वीकार गरियोस् भनी सबै समक्ष आह्वान गर्दै भनेका छन्, ‘एमसीसी लागू भएमा नेपालले अमेरिकी कानून मान्नुपर्ने हुन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्छ ।’

Advertisement