काठमाडौं- मंगलबार ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्।
त्यस्तै, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन गरेको तयारी पनि फिर्ता लिने सहमति नेकपा शीर्ष नेतृत्वबीच भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सो अध्यादेश जारी गरेकी थिइन्।
बुधबार प्रचण्ड-नेपाल पक्षका सांसदहरुले राष्ट्रपति समक्ष विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेका थिए।
पछिल्लो सहमतिसँगै नेकपाको स्थायी कमिटी बैठकमा ओली पनि सहभागी भएका छन्।