November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

गठबन्धन छाडेर एक्लै चुनावमा जान शेखर काेइरालाकाे प्रस्ताव

3.5K

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै काेइरालाले गठबन्धन अप्राकृतिक भएकाे बताएका छन्।

‘मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाले भनेका छन्, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ।’

एमसीसीबारे गठबन्धनमा सहमति नजुटे संसदीय प्रकृयामा लगेर टुंग्याउनुपर्ने काेइरालाको भनाइ छ। 

Advertisement