May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

सिभिल अस्पतालद्वारा पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन समिति गठन

310

काठमाडौं । सिभिल अस्पतालले पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन गर्न समिति गठन गरेको छ । उपचारका लागि सिभिल अस्पताल पुगेका विश्वकर्मालाई अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेको भन्ने उजरी परेपछि अस्पतालले छानविन समिति गठन गरेको हो ।

अस्पतालले इमरजेन्सी विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । जसमा उप सचिव कृष्ण सापकोटा ,साखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत रहेका छन् ।

टिभी टुडेमा कार्यरत विश्वकर्मालाई बिरामी भएपछि बिहीबार राती सिभिल अस्पतालमा लगिएको थियो । तर अस्पताले आईसीयू नभएको भन्दै पाटन अस्पतालमा रेफर गरेको थियो । पाटन अस्पतालले विश्वकर्मालाई मृत घोषणा गरेको थियो ।

Advertisement

पत्रकार महासंघले पनि घटनाबारे अध्ययन गरिरहेको जनाएको छ ।