April 19, 2024, Friday
२०८१ बैशाख ७
1:37:26 pm

गुडिरहेको बोलेरोलाई डोजरले झारेको ढुंगाले किच्दा ३ जनाको  मृत्यु

960

ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको  मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको  ३५६९ नंबरको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किचेको थियो । ढुंगाले किचेर भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने मृतकको पहिचान खुलीसकेको छैन ।

Advertisement