काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारपछि स्वदेश फर्कने भएका छन् । करिब ४ महिना लामो उपचारपछि पुन माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर स्वदेश फर्कन लागेका हुन् ।
उनलाई वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि गत असोज १३ गते थप उपचारका लागि बैंकक लगिएको थियो ।
पुनलाई बैंककस्थित समितिभेज अस्पतालमा डेढ महिनासम्म उपचार गराउँदा स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थप उपचारका लागि मंसिर १० गते चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको थियो ।
चीनको सेन्जेन अस्पतालमा रहँदा पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको थियो ।