May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

नेपाली काँग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित

335

भक्तपुर । नेपाली काँग्रेसको१६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित भएको छ। यही माघ १५ गतेका लागि तय भएको अधिवेशन स्थगित गरिएको हो ।

कोरोना महामारीका कारण जिल्ला अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
समितिले अर्को सुचना जारी नहुन्जेलसम्मको लागि काँग्रेसको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ।

Advertisement

काँग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो।