May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

190

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । माघ ८ गते बस्ने भनिएको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको हो ।

स्रोतका अनुसार कोरोना संक्रमण तीव्र बन्दै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको हो ।

८औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष नियुक्त गरेको थियो । त्यसपछि भने कोरोनाका कारण बैठक बस्न सकेको छैन ।

Advertisement