November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उपत्यकामा शुक्रबार रातिदेखि यातायातका साधनमा जोरबिजोर प्रणाली

2.1K

काठमाडौं : कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए।

Advertisement

उनका अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आजै १६ बुँदे आदेशसमेत जारी गरेको छ। 

यस्तो छ आदेश