November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आजदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द

2.3K

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।

स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले  प्रशासनले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई भने स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर आउन आग्रह गरिएको छ ।

Advertisement