November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध

2.2K

काठमाडौं । मास्क नलगाउनेलाई अब होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ । सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो ।

कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न समेत मन्त्रालयले भनेको छ ।

मन्त्रिपरिषद कार्यालयले यदि होटलमा कोहि मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउन पनि सम्बन्धित संस्था तथा होटललाई भनेको छ ।

Advertisement