संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् ।
प्रहरीका अनुसार मंगलबार साँझ वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार भएको हो । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गरेका थिए ।
ढुंगा प्रहारबाट राईको टाउको,ढाड र हातमा सामान्य चोट लागेको छ । डाध्यक्ष राई माथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
