काठमाडौं । सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको छ। गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको हो ।
त्यस्तै, माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ ।
सबैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्का,लका लागि स्थगन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको गृह मन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा पनि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउने बैठकको निर्णय छ।