काठमाडौं । काठमाडौं उपत्यकामा विवाह, ब्रतबन्धलगायतमा ५० जनासम्म उपस्थित हुन पाउने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको स्मार्ट लकडाउनसम्बन्धी आदेश अनुसार धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कारलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरुमा ५० जनासम्म सहभागी हुन पाउने निर्णय गरेका हुन् ।
उक्त निर्णय मंगलबार मध्यरातदेखि लागू हुनेछब। निर्णयमा जनस्वास्थ्यमा मापदण्डलाई भने कडाइकाक साथ पालना गर्नुपर्ने भनिएको छ ।
यस्तै पार्टी प्यालेसहरु पनि कुल क्षमताको एक तिहाइमा नबढ्ने गरी सञ्चालन गर्न पाइनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिइ बिबाह ब्रतबन्ध जस्ता सामाजिक कार्य गर्न सकिने छ ।