काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण देखिएको छ। देउवालाई आज कोरोना पोजेटिभ देखिएको हो।
केही दिनदेखि घरमै क्वारेन्टिनमा बस्दै आएका देउवालाई आज कोरोना पोजेटिभ देखिएको प्रधानमन्त्री देउवानिकट स्रोतले जनाएको छ ।
स्रोतअनुसार निजी सचिवालयका अरूलाई कोरोना देखिएको छैन ।