November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

1.8K

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए। 

कोरोना समक्रमणसहित ज्वरो पनि आएकाले अहिले घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ। आइतबार मात्रै मन्त्री आलेले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशाला र नारायणहिटी संग्रहालयको निरीक्षण गर्न पुगेका थिए। 

पछिल्लो केही दिनयता राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्रीहरूसमेत संक्रमित हुने र निको हुने क्रम चलिरहेको छ। पछिल्लो हप्ता दैनिक करिब पाँच हजारको संख्यामा संक्रमितहरू थपिइरहेका छन्।

Advertisement