November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इन्डोनेसियामा शक्तिशाली भूकम्प, झण्डै ९०० घर क्षतीग्रस्त

3.5K

जाकार्ता । इन्डोनेसियामा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पका कारण मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो ।

Advertisement