November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रात्रिकालीन व्यवसाय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

2.7K

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रात्रिकालीन व्यवसाय बन्द गर्ने गर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेसँगै मन्त्रिपरिषद्को बैठकले रात्रिकालीन व्यवसाय बन्द गर्ने आदेश जारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो । राति सञ्चालन हुने रेष्टुरेन्ट भने सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न पाइने भएको छ ।

यसैगरी, सिनेमा हलहरुमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको छ ।

Advertisement