November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक आज बस्दै

1.8K

काठमाडौँ । स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्न लगेका छन् । कोरोना संक्रमण बढेसँगै त्यसबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

आज (मंगलबार) दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले त्यसबारे छलफल गर्न लागेका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ ।

स्रोतका अनुसार सुरक्षा विज्ञहरुसँग छलफल गरेर साझा धारणा तयार गरिनेछ । संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्नेबारे आजको बैठकले निर्णय गर्नेछ ।

Advertisement