November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली हानियो

4.9K

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलालाई गोली हानिएको छ । युपीको सुल्तानपुरमा मोदीलाई कालो झण्डा देखाउने रिता यादवलाई अज्ञात व्यक्तिले गाली हानेको हो ।

स्रोतका अनुसार गोली उनको खुट्टामा लागेको छ । उनलाई घाइते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ ।

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई कालो झण्डा देखाएका थिए । प्रहरीले उनलाई पक्राउ गरेर जेल पठाएको थियो र दुई दिनपछि उनले जमानत पाए ।

Advertisement

घटनाको एक महिनापछि सम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण उनी १७ डिसेम्बरमा लखनउमो कांग्रेसमा समावेश भइन् ।

‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मार्ने धम्की दिए । मेरो ड्राइभरको कन्चटमा बन्दुम राखियो । यसो गर्दा जब मैले एकजनालाई चड्कन हिर्काएँ तब उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।, रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन् ।

सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पीडितको बयान दर्ता गरेका छन् ।