April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

१३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

1.9K

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । बुधबार आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि विज्ञापन आह्वान गरेको हो ।

आयोगका अनुसार योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् दरखास्त दिन सक्ने छन् ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

Advertisement

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।