November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सर्लाहीमा स्थानीय र प्रहरीबीच दोहोरो झडप

4K

सर्लाही । सर्लाहीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रीदाँ प्रहरी र स्थानीयहरू बिच दोहरो भिडन्त भएको हो ।

गत आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

स्रोतका अनुसार भिडन्तमा परि दर्जनौं प्रहरी र स्थानीयहरू घाईते भएका छन्।

Advertisement

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले आज पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको पीडित पक्षल बताएका छन् ।
घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेको हो ।

आक्रोशित स्थानीयहरूले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवास स्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए । आज बिहान देखि नै अवस्था थप तनावग्रस्त भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस र हवाई फायर समेत गरेको हो ।

आज ३ बजे देखि भोली ७ बजे सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारि गरेको छ ।