काठमाडौं । संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका यादवको शव उनकी श्रीमती आएपछि मात्र निकालिने प्रहरीले जनाएको छ । यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने अनुमान गरिएको छ भने उनका बुवा–आमा घटनास्थल पुगिसकेको जनाइएको छ ।
घटनास्थल सुरक्षित राखेर अनुसन्धान थालेको घटनास्थल पुगेका प्रहरीले बताए ।