काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने भएका हुन् ।
विश्वस्त स्रोतका अनुसार उनी २६ पौषमा भारतका लागि प्रस्थान गर्नेछन् ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा अर्को कार्यकालका लागि नेतृत्वमा निर्वाचित भइसकेका छन् ।