April 18, 2024, Thursday
२०८१ बैशाख ७
1:37:26 pm

नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित

2.6K

जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी रामसरोज यादवलाई हराउदै उनी निर्वाचित बनेको हो ।

निर्वाचन समितिका अनुसार शुक्रबार बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनले ९९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेका छन् । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ ।

नेपाली काँग्रेस रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

Advertisement

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।