काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित पदाधिकारी र सदस्यलाई काँग्रेसले भोलि प्रमाणपत्र दिने भएको छ ।
१४औं महाधिवेशनबाट निर्वाचित सभापतिसहित १३ जना पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र दिने भएको हो ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचितहरू सबैलाई प्रमाणपत्र दिने कार्यक्रम रहेको छ ।