November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजनीतिक यात्राबाट विश्राम लिएको छैन : पाैडेल

3.4K

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताएका छन्। पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका हुन्। 

बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलले निर्वाचितलाई बधाई दिँदै पराजित हुनेहरूलाई नआत्तिन सुझावसमेत दिएका छन्। ‘व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्छ।

यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला।’

Advertisement

महाधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रयोग हुनुका साथै पार्टीलाई नयाँ दिशा पनि दिन मद्दत गर्ने पौडेलको भनाइ छ। प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको उनले बताएका छन्।