June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने सरकारको तयारी

2.4K

काठमाडौं । सरकारले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारी गरेको छ । बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताएका हुन् ।

सरकारले माध्यमिक,निम्न माध्यामिक र प्राथमिक तहको दरबन्दीमा विज्ञापन खुल्ला गर्न लागेको र उक्त विज्ञापन शिक्षक सेवा आयोगले दिएको दरबन्दी अनुसार हुने मन्त्री पौडेलले बताए । त्यसका लागि सरकारले मन्त्रिपरिषदबाट शिक्षक सेवा आयोग नियमावली पारित गरिसकेको पनि बताए ।

त्यस्तै, मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियम अनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । उनले शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको बताए।

Advertisement