April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन

4.4K

सिड्नी । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा प्रविण कंडेल चयन भएका छन् । १८ डिसेम्बरमा भएको नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौं अधिवेशनबाट कंडेल अध्यक्ष बनेका हुन् ।

अधिवेशनले कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ ।जसको उपाध्यक्षमा हिमलाल गैर्है, कपिल पाण्डे, लोकराज पौडेल त्यस्तै महासचिबमा चुन्ना क्षेत्रि, सचिवमा बिक्रम शर्मा पंगेनि, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर र रास्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन भएका छन् । त्यस्तै केन्द्रिय सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भन्डारी, जिबलाल न्यौपाने, सन्तोष कंडेल, रेमन केसी, आविस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सिताराम सापकोटा, माया प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव वस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दिपक पान्डे, राजन नेपाल, कृष्ण पौडेल, रमेश बेलबासे र जगदिश देवकोटा रहेका छन् ।

mostbet

भर्चुवल माध्यमबाट गरिएको उक्त अधिवेशन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रममा प्रवास समन्वय समितीका उपाध्यक्ष लक्ष्मण पन्त र ओशियाना संयोजक शेषमणि शर्माको विशेष उपस्थिती रहेको थियो ।

अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिएका थिए ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि एवं प्रवास समन्वय समितिका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितिका सदस्य मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निवर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मञ्च न्यूजिल्याण्डका अध्यक्ष विशाल गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष कंडेलले नेपालमा नेकपाको एकता भंग भएसँगै आ–आफ्नो संगठन विस्तार अभियान चलेसँगै अष्ट्रेलियामा पनि सोही अनुसार अघि बढीरहेको जानकारी दिए । उनले केन्द्रीय नेतृत्वलाई सबल, सक्षम र जनमुखी बनाउनको निम्ती नियमित रुपमा झकझकाउने काम भने गरिरहेको बताए ।