June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले दिइन् राजीनामा

1.8K

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले राजीनामा दिएकी छन् । दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी हुन् ।

उनले बिहीबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको दर्शनाले बताएकी छन् ।

उनले लेखेको पत्रमा भनिएको छ, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’

Advertisement

वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, ऊर्जा केही पनि दिन नसक्ने नसक्ने भन्दै आफू पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको उनले बताइन् ।

यस्तो छ रञ्जु दर्शनाले पार्टीमा पठाएको पत्र –

आदरणीय अध्यक्ष रवीन्द्र जी, सम्पूर्ण जिम्मेवार सदस्य साथीहरू,
वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढाव हरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग (जथउयअचष्कथ) पाएँ ।

संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूलचारित्र नै दुर्गन्धित बनाएर भैरहेका सम्पूर्ण कदम , व्यवहारले आगामी दिनका नयाँ पुस्तालाई समेत नविनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ ।

मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।

तसर्थ यसै इमेल र पत्रमार्फत् सदाका लागि यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु ।

तपाईं सबैको मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस् ।